सामाजिक सेवामा सक्रिय बन्दै भिमनाथ स्मृति प्रतिष्ठान

बागलुङ
देश यतिबेला कोरानाको संकटमा फसिरहेको छ । दैनिक संयौको संख्यामा संक्रमितको संख्या थपिँदै गएको छ । ‘लकडाउन’ भए सँगै दुई महिना देखी दैनिक जनजिवन प्रभावित बनेको छ । यो समयमा सरकारी तथा गैरसरकारी र विभिन्न सामाजिक संस्थाहरुले आफ्नो सक्रियता देखाएका छन । कोरोनाको जोखिम झनै बढन थालेपछि जिल्लाको बलेवा अमलचौरमा रहेको भिमनाथ शर्मा स्मृति प्रतिष्ठान पनि संकटको घडिमा सामाजिक सेवामा सक्रिय बन्दै गएको छ ।

संस्थाले बागलुङ लगायत देशका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै जिल्लाका पत्रकारहरुको कोरोना विमा गरी कोरोनाको जोखिम न्युनिकरणका निम्ती सहयोग गर्दै आएको छ । यसले अझै सामाजिक क्षेत्रमा थप सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

संस्थालाई अझै शसक्त र क्रियाशिल बनाउनका निम्ती आईतबार जिल्लास्थित सरोकारवाला सँग छलफल गरिएको छ । प्रविधिको प्रयोग गर्दै अनलाईन (भ्रजुअल) बैठक मार्फत गरिएको छलफलमा प्रतिष्ठानले समाजका हरेक क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गर्नका लागि सरोकारवालाले सुझाएका छन । उनिहरुले स्वर्गिय भिमनाथ शर्माले समाज रुपन्तरणका निम्ती देखेको सपना प्रतिष्ठानले साकार पार्नुपर्ने बताएका छन ।

छलफलमा सहभागीले यो समयमा देशमा कोरोनाले संकट निम्ताएको हुँदा यसलाई कसरी सामाना गर्ने र दैनिक कठिनाई परेका सँग कसरी सारथी बन्ने बारे प्रतिष्ठानले सोच्न जरुर रहेको बताएका थिए । उनिहरुले यो समयमा जिल्लाका सवै स्थानिय तह सँग समन्वय गरी त्यहाँ रहेका क्यारेन्टाईन व्यवस्थापनका निम्ती प्रतिष्ठानले सहयोग गर्नका निम्ती थप कदम चाल्नका लागि आग्रह गरेका छन ।

छलफलमा बोल्दै प्रतिष्ठानका संरक्षक एवं राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले आफ्ना बाबु भिमनाथ शर्माको सपनालाई यसै प्रतिष्ठान मार्फत साकार पार्ने उद्देश्य रहेको बताए । उनले प्रतिष्ठान मार्फत व्यवसायीक, आर्थिक, सामाजिक क्षेत्रमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे । “बुबाको सपना भनेको सामाजलाई रुपान्तरण गर्नु हो, पौडेलले भने, ‘समाज रुपान्तरणका निम्ती हामी जुन सुकै सहयोग गर्न पनि तयार छौं । यो समय भनेको देशमा महामारी फैलिएको छ ।

यसलाई कसरी सामना गर्ने त्यस तर्फ ध्यान दिएका छौं ।” कोरोनाको जोखिम न्युनिकरणका निम्ती प्रतिष्ठानले जुन सुकै क्षेत्रमा पनि सहयोग गर्न तयार उनले बताए ।

छलफलमा नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले स्व. शर्माको योगदानलाइ यो समाजले कहिलै पनि भुल्न नहुने बताए । त्यसै गरी काँग्रेस बागलुङकै नेता तथा महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायले प्रतिष्ठान सामाजिक भाव राखेर हरेक क्षेत्रको विकासका निम्ती सधै अग्रपंतीमा रहेर काम गर्न सुझाव दिए । छलफलमा काँग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतम, नेप्सुनका संचालक चण्डी प्रसाद शर्मा, महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा, नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल शिक्षक संघ बागलुङ अध्यक्ष उमाकान्त शर्मा, सामाजसेवी टुकनाथ शर्मा, प्रतिष्ठानका सचिव गोविन्द्र पौडेल, सदस्य, डा ज्ञानेन्द्र पौडेल, लेखनाथ पौडेल, पत्रकार नारायण रिजाल लगायतले प्रतिष्ठान आगामी दिनमा अझै सक्रिय भएर लाग्नुपर्ने बताएका थिए । छलफल संरक्षक दक्ष पौडेलको अध्यक्षता प्रतिष्ठानका सदस्य एवं बागलुङ जिल्ला संयोजक गोविन्द्र बहादुर पौडेल,“गोपाल”को स्वागतमा प्रेस युनियनका केन्द्रिय सदस्य एवं नागरिक दैनिकका पत्रकार दिलिप पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।

१९९७ सालमा जन्मिएका स्व. भिमनाथ शर्मा तत्कालिन अमलाचौर गाउँ पञ्चायतको पटक पटक अध्यक्ष भएका थिए । सामाजिक र राजिनितिक क्षेत्रमा क्रियाशिल शर्माको २०२९ साल मंसिर १२ गते मृत्यु भएको थियो । उनकै स्मृतिमा छोरा दक्ष पौडेलले भिमनाथ शर्मा स्मृति प्रतिष्ठान संचालन गरेका हुन । प्रतिष्ठानले जिल्लाको अमलाचौरमा सामुदायिक पुस्ताकालको समेत स्थापना गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *