मानव आश्रम बागलुङद्धारा म्याग्दीका बेवारिसे महिलाको उद्धार

आदर्श अनलाइन,बागलुङ

मानव सेवा आश्रम बागलुङले म्याग्दीमा बेवारिसे अवस्थामा भेटिएका एक महिलाको उद्धार गरेको छ ।

आश्रमका अभियन्ता सुमिरा लामा, अभिभावक राम शर्मा, शिव खड्का, सुवास केसी, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको टोलीले बेनी बजारमा बेवारिसे अवस्थामा भेटिएका  अन्दाजी ४० बर्षीया पुजा बिकको उद्धार गरेको हो । बिकमा केहि मानसिक समस्या देखिएको छ । बिकले आफ्नो ठेगाना र घर परिवारबारे पनि प्रष्ट बताउन सक्दैनन् ।

म्याग्दीका सामाजिक अभियन्ता चन्द्रबहादुर केसीको सम्पर्क सहजिकरण पश्चात आश्रमको टोली बेनी पुगेको थियो । बेवारिसे अवस्थामा महिला भेटिएको जानकारी पछि बेनी नगरपालिका २ खबराबाट उद्धार गरेर जिल्ला प्रहरी कार्यालय म्याग्दीमा राखिएको थियो । आश्रम टोली सोही कार्यालय पुगेर बेनी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठको रोहबरमा उद्धार गरेर बागलुङ आश्रममा ल्याइएको आश्रमका अभिभावक एवम् सामाजिक अगुवा राम शर्माले जानकारी दिए ।

बागलुङमा रहेको आश्रमले साविक धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सडकमा बेवारिसे अवस्थामा रहेका नागरिकको उद्धार गरेर आश्रम मार्फत सेवा गर्दै आएको आश्रमका अभियन्ता सुमिरा लामाले बताइन् । आश्रममा बिभिन्न समस्या र बाध्यताका कारण सडकमा अलपत्र बेवारिसे अवस्थामा भेटिएका ४५ जना रहेको अभियन्ता लामाले आदर्श अनलाइनलाई जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *