बागलुङका दलित अगुवाद्धारा रुकुम घटनाको बिरोधमा प्रशासनमा धर्ना

आदर्श अनलाइन, बागलुङ

पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङमा दलित अगुवाले धर्ना दिएका छन् ।

उत्पीडित दलित समुदायको सञ्जाल बागलुङ र दलित युवा सञ्जाल बागलुङको संयुक्त आयोजनामा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् ।

पश्चिम रुकुमको चौरजहारी नरसंहारका दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै बागलुङका दलित समुदायले धर्ना दिएको उत्पीडित दलित समुदायको सञ्जाल बागलुङले जनाएको छ । आफ्नी प्रेमिकासँग विवाह गर्न भन्दै केही साथीसहित रुकुम पश्चिम पुगेका जाजरकोटका नवराज विश्वकर्माको मृत्यु भएको खबर आएपछि अहिले सदनदेखि सडकसम्म आवाज उठेका छन् । कथित माथिल्लो जातकी एकजना किशोरीसँग प्रेम सम्बन्धमा रहेका विश्वकर्मासहित उनका साथीमाथि ’हमला गरी हत्या गरिएको’ दलित अधिकारकर्मीहरूले आरोप लगाएका छन्।

जातीय विभेद अन्त्य गर्नुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने दलित अधिकारकर्मीहरुले माग राखेको उत्पीडित दलित समुदायको सञ्जाल बागलुङकी टिका विश्वकर्माले बताउनुभयो । उक्त घटनामा भेरी नदीमा नवराजसहित अन्य चार जनाको शव भेटिएको थियो भने एकजना युवा अझै बेपत्ता छन् । कानुन नै बनाएर नेपालमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको तथा देशलाई नै छुवाछुतमुक्त घोषणा गरिएको भए पनि व्यवहारमा भने जातीय विभेद कायमै रहेको दलित अधिकारकर्मीहरुले बताएका छन् । सार्वजनिक स्थलमा हुने छुवाछुतमा केही कमी आए पनि विवाह र प्रेम सम्बन्धलाई लिएर ज्यानै लिनेसम्मका घटनाहरू जारी रहेको उनीहरू बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *