आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम

आदर्श अनलाईन, बागलुङ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै बिहीवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम अन्तरगत बिहीवार बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो ।

संस्थाका शेयर सदस्य कुसुम बुढा मगरकी सासुआमा खैसरा पुनको निधन भएको सातौ दिन पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाका बरेङ गाउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्मा र उपसमितिका सदस्यहरु गिरीप्रसाद पौडेल र झमबहादुर पुनले संस्थाले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तत्व परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी खेमा पुनले गर्नु भएको थियो । संस्थाले शेयर सदस्यको निधनमा १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ । साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको संस्थाले सूचना र सञ्चारसंगै वित्तीय कारोबार लगायत सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार जना शेयर सदस्य, ४ करोड शेयर रकम, २३ करोड वचत, २४ करोड कर्जा लगानी रहेको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *