ताराखोलाको मह भिरमा मह शिकार

आदर्श अनलाईन, बागलुङ

बागलुङको ताराखोला गाउँपालिका वडा नम्वर ५ स्थित महभिरमा गरिएको मह शिकार ।

कोरोना कहरका विच पनि दुई सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह शिकार गरेका छन् ।

मह शिकारीको हौषला बढाउनको लागि गाउँपालिका प्रमुख प्रकाश घर्ती पनि महभिरमा पुग्नुभएको थियो ।

ताराखोला गाउँपालिका वडा नम्बर ५ का अनुभवी २६ जना शिकारीले मह शिकार गरेका छन् ।

निगालाको चोया र काठ प्रयोग गरी बनाइएको भर्याङ पराङमा झुण्डिएर ४८ वर्षीय रतन बहादुर घर्ती मगरले शिकारी टोलीको नेतृत्व गर्नुभएको थियो ।

६५ वर्षीया पतिराम रोका मगरले मह काढने काममा टोली प्रमुखको रुपमा नेतृत्व गर्नुभएको थियो ।

तस्बिरः सामाजिक सञ्जाल फेसबुक मार्फत

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *