धौलागिरी क्याम्पसको प्रि-आइलोसनमा ल्याइयो बडिगाडका ९ संक्रमित

आदर्श अनलाइन, बागलुङ

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार बडिगाड गाउँपालिकाका ९ संक्रमितलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा राखिएको छ ।

कोरोना संक्रमण तिव्र गतिमा बढ्दै जाँदा कोरोनाको उपचार गरिरहेको धौलागिरी अस्पतालको आइसोलेसन भरिएका कारण धौलागिरी क्याम्पसमा राखिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।

धौलागिरी अस्पतालमा रहेको २४ वेड क्षमताको आइसोलेसन भए पनि १७ जना संक्रमित र २ जना क्वारेन्टिनमा रहेर स्वास्थ्य समस्या देखिएका युवालाई राखे पछि १९ जना उपचाररत छन् । अस्पतालमा जटिल समस्या देखा पर्दाका बखत पाँच बेड वैकल्पिक रुपमा राखिएको छ ।
कोरोना संक्रमित बढ्दै जाँदा बिहीबार जिल्ला कमाण्ड पोष्टले धौलागिरी क्याम्पसमा ५० वेड, गलकोट, कुश्मिशेरा र बुर्तिबाङमा १२/१२ वेडको प्रि आइसोलेसन निर्माण गर्ने निर्णय अनुसार धौलागिरी क्पाम्पसमा २८ वेडको आइसोलेसन निर्माण गरिएको छ ।

आइसोलेसनमा राखिएकाहरुको स्वास्थ्य हेरचाह धौलागिरी अस्पतला र बागलुङ नगरपालिकाका स्वास्थ्यकर्मीले आलोपालो गर्नेछन् भने खानाको व्यवस्था बागलुङ नगरपालिकाले गर्नेछ । क्याम्पस परिसरमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

यस्तै, आइतबार नै संक्रमण पुष्टी भएका ढोरपाटनको एक पुरुषलाई भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा भर्ना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *