काठेखोलाका दलबहादुरको भारतको चेन्नइमा मृत्यु, मृत्यु पछि कोरोना पुष्टी

आदर्श अनलाईन, बागलुङ ।

बागलुङको काठेखोला गाउँपालिका–७ रेश जिरेदी च्यान्डाडाका दल बहादुर कार्कीको कोरोनाका कारण भारतको चेन्नई (मद्रास) मा मृत्यु भएको छ । ५८ वर्षीय कार्कीको चेन्नइको आन्न नगर स्थित किलपक मेडिकल अस्पताल (केएमसी) मा जेठ २३ गते मृत्यु भएको थियो ।

बेहोस भएर अस्पताल पु¥याउदा मृत्यु भइसकेका कार्कीको अस्पतालले कोरोना परिक्षण गर्दा संक्रमण पुष्टी भएको केएमसी अस्पतालले जनाएको छ । कोरोनाका कारणले मृत्यु भएको पुष्टी गर्दै सव स्थानीय प्रशासनलाई बुझाएको आफन्तले जनाएका छन् । मृत्युपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको भन्दै सव बुझ्न नदिएको चेन्नईबाट कार्कीका आफन्त सम्मर बहादुर कार्कीले जानकारी दिनुभयो । मृत्यु कोरोनाकै कारण भएको हो, तपाईहरुले सव बुझ्न पाउनु हुन्न भनेपछि आफन्तहरुले अन्य प्रक्रिया पुरा गरी सवको फोटो खिचेर फर्केको अस्पताल पुगेका रेश जिरेदीका खड्क बहादुर जिसीले बताउनुभयो ।

मृतक दलबहादुरको निधन पछि रेशमा रहेका उहाँका १ छोरी, १ छोरा र श्रीमतीको विचल्ली भएको स्थानीय लिलबहादुर कार्कीले बताउँनुभयो । ‘स–साना ७ र ८ वर्षका छोराछोरी छन्, कमाउन गएको मान्छेलाई कोरोनाले लग्यो उहाँले भन्नुभयो यता घर परिवारको विचल्ली भएको छ ।’

कोरोना सम्बन्धी कुनैपनि लक्षण नदेखिएका कार्कीको एक्कासी मृत्यु र त्यसपछि कोरोना पुष्टी भएपछि अहिले रेशको जिरेदी गाउँ शोकमा डुबेको छ ।

लामो समयदेखि चेन्नईमा काम गर्दै आएका कार्की पछिल्लो पटक डेढ वर्ष पहिला चेन्नइ जानु भएको थियो । चेन्नइको प्यारिसमा काम गर्दै आएका कार्की विरामी परेपछि डेढमहिना पहिला जागिरबाट निकालिएका थिए । प्यारिसबाट आन्न नगर आफन्तलाई भेट्न गएका कार्की अचानक बेहोस भएपछि केएमसी अस्पताल लगिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *