बागलुङमा थप ११ जनामा कोरोना पुष्टि

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु पौडेले आज विहान प्रेस विज्ञप्ती जारी गर्दै बागलुङमा ११ जनासँगै गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिएको जानकारी गराएका छन् ।

संक्रमित हुनेमा निसीखोलाका ३ जना र बरेङ गाउँपालिकाका ८ जना रहेका छन् । जसमा निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षीय पुरुष, बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, २३ र २७ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *