राष्ट्रिय जनमोर्चा काठेखोलाको विरोध सभा

बागलुङ
राष्ट्रिय जनमोर्चा काठेखोलाले विरोध कार्यक्रम तंग्राममा सम्पन्न गरेको छ ।

देशव्यापी गरेको विरोध कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा काठेखोलाको आयोजनामा एमसीसी परियोजनाको विरोध जनाएको हो ।

राष्ट्रिय जनमोर्चाका परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय पुर्व अध्यक्ष तिलक थापाले अनुदानको नाममा देशलाई बन्धक बनाउन नहुने भन्दै देश महामारीमा रहेको बेला सरकारको नीति तथा कार्यक्रममा एमसीसी आउनु दुखद भएको बताए ।

उहाँले एमसीसी सदनबाट पारित गरेर राष्ट्र माथि कुठाराघात नगर्न र राष्ट्रिय स्वाधीनता जोगाउन सम्पूणर् जनताहरु एक हुन आव्हान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव तथा काठेखोला गाउँकार्य पालिका सदस्य टीका संगम विक लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता र कृष्ण विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *