एमसीसीको बिरोधमा राजमोद्धारा ढोरपाटनमा प्रहरी हस्तक्षेप बीच कोण सभा

आदर्श अनलाइन,ढोरपाटन

राष्ट्रिय जनमोर्चाले देशव्यापी गरेको बिरोध कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा नगर समिति ढोरपाटन बागलुङको आयोजनामा एमसीसी परियोजनाको बिरोधमा बिहिवार बुर्तिबाङ बजारमा प्रहरी हस्तक्षेपका बावजुद बिरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रमका राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डेले देशको राष्ट्रियतालाई पैसा र डलरमा साट्न नहुने भन्दै राष्ट्रघाती एमसीसी संझौता राष्ट्रियताको हित विपरीत भएकाले कुनै पनि हालतमा पारित गर्न नहुने बताउनु भयो । सरकारले राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पारित गर्न खोजेकाले यसको सबै सचेत नागरिकहरु बिरोधमा उत्रन आव्हान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दिपक थापा लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन दुर्गाबहादुर भण्डारीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *