नेपाल सरकारले तोकेको भाडाप्रति एनआरएनए कतारको आपत्ती

आदर्श अनलाईन, कतार ।
गैरआवसीय नेपाली संघ कतारले नेपाल सरकारले समस्यामा परेका नागरिकका उद्दारका लागि तोकेको हवाई भाडा दर अत्याधिक भएको भन्दै प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको छ ।

लामो समयको लकडाउनका कारण साँझ विहानको खाद्यन्न समेत जुटाउन नसकेका नेपालीलाई विकराल समयमा पनि सामान्य अवस्थामा भन्दा चार गुणा बढी भाडा तोकेको भन्दै नेपालीले भुक्तान गर्न नसक्ने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोनाका कारणले छाक टार्न समेत समस्या परेका ४ हजार ८ सय पीडितलाई विधिन्न परोपकारी संस्थासंग समन्वय गरेर खाद्यन्न बाड्नु परेको समयमा खर्च बिहिन भएका नेपालीलाई सरकारलेनै भुक्तान गरि स्वदेश ल्याउनुपर्ने गैरआवसीय नेपाली संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र महासचिव पदम गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लखे गरिएको छ । विज्ञप्तीमा सरकारले तोकेको भाडा दर तत्काल परिमार्जन गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान भर्ने गरि नेपाल सरकारले दोहादेखि काठमाडौँसम्मको ५४५ अमेरिकी डल्लर करिब ६५ हजार रूपैया भाडा तोकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *