रिघाका ३० घरलाई जस्तापाता

बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका ३० घरलाई जस्तापाता वितरण गरिएको छ ।

वडामा २ सय २४ खरका छनो भएका परिवारले निवेदन दिएको र ति मध्ये पहिलो चरणमा बिहिबार ३० घर परिवारलाई जस्तापाता उपल्बध गराईको वडा अध्यक्ष डम्बर बाहादुर श्रीसले जानकारी दिनुभयो ।

नगरपालिकाको खरको छानो विस्थापन गर्ने कार्यक्रम अनुशार उक्त जस्तापाता वितरण गरिएको हो । खरको छानो हुँदा आगलागिको डर र बर्खामा पानि चुहिने समस्या झेल्दै आएका स्थानीय जस्तापाता पाँउदा निकै खुसी भएका छन् ।

वडा नम्बर ११ रिघाले गत चैत्रमा नै खरको छाना भएका परिवारको वडा अध्यक्ष, पालिकाका प्रविधिक तथा वडा सदस्य सहितको टोलिले घरको अनुगमन, घरको नापलिने लगाएकतका काम सकिसकेको थियो ।

साथै वडा अध्यक्ष श्रीसले शुक्रबार टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिरहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *