पूर्वाधार निर्माणको सपना साकार पाछौं : नगरप्रमुख पौडेल

बागलुङ
बागलुङ नगरपालकाका नगरप्रमुख जनकराज पौडेलले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागीतालाई साकार पार्न नगरपालिका लागि परेको बताउनुभएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको वडा कार्यालय भवनको सिलन्यास गर्दै नगरप्रमुख पौडेलले विकास निर्माणमा जनताको चासो र सहभागीता बढ्दै गएकाले त्यसलाई साकार पार्न नगरपालिका लागिपरेको बताउनुभएको हो ।

वडा कार्यालयको भवन बनाउँनका लागि स्थानीय टिकाकुमारी खत्री, धनबहादुर शाही, भद्रकली खत्री र कोपिला सार्कीले निःशुल्क जग्गा उपलब्ध गराएर विकास निर्माणमा जनताको चासो र सहभागिता रहेको पुष्टी गरेकोभन्दै नगरप्रमुख पौडेलले गाउँको विकासका लागि चिन्तन गर्ने व्यक्तिहरुलाई समाजले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नगरभित्रका पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको भन्दै नगरप्रमुख पौडेलले जनताको मागका आधारमा योजना बनाएर अगाडि बढीरहेको बताउनुभयो । ठूला योजनाका लागि संघीय सरकार, मझौला योजनाका लागि प्रदेश सरकार र साना योजनाहरुका लागि बागलुङ नगरपालिकाले लगानी गरिरहेको पौडेलले बताउनुभयो ।

आठ कोठे उक्त भवन निर्माणका लागि बागलुङ नगरपालिकाबाट १९ लाख रुपियाँ विनियोजन भएको र यसलाई सम्पन्न गर्न आवश्यक रकम उपलब्ध गराउँने नगरप्रमुख पौडेलले प्रतिबद्धता जनाउनुभएको थियो । “यो नगरपालिकाकै गौरवको कुरा हो, हामीले यो वडा भवनलाई जसरीपनि सम्पन्न गर्ने गरी बजेटको व्यवस्थापन गछौ, स्थानीयले जुन साथ र सहयोग गर्नुभएको छ, यो पुरा भएरै छाड्छ ।” पौडेलले भन्नुभयो ।

बागलुङ नगरपालिकाको १९ लाख रुपियाँ र स्थानीय जनताको चार लाख ६५ हजार रुपियाँ श्रमदानमा निर्माण सुरु गरिएको उक्त भवन सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा आवश्यक रक विनियोजन हुने वडा अध्यक्ष गणेश थापा मगरले बताउनुभयो । वडामा सबैलाइ पायक पर्ने ठाउँमा वडा कार्यालय स्थापना गर्ने योजना अनुसार लामो प्रयासपछि जग्गा प्राप्ती भएको र सोही अनुसार भवन निर्माण गर्न लागिएको थापाको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *