आज थपिए २७३ संक्रमित, कोरोना संक्रमित संख्या ५३ सय पुग्यो

आदर्श अनलाइन

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नयाँ २ सय ७३ संक्रमित थपिए सँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। पछिल्लो २४ घण्टामा २४७ पुरुष र ३६ महिलामा संक्रमण देखिएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका चार, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एक र मोरङका चारजना, प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ४४ जनमा संक्रमण देखिएको छ।

यसैगरी नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ६, बाराका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका चार, नवलपरासी पश्चिमका एकजनाका संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३० र सुर्खेतका ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका पाँच, दाङका दुई, भेरी अस्पताल प्रयोगशाला बाँकेमा गरिएको परीक्षणमा बाँकेका १९, रोल्पाका १७, बर्दियामा ६ जनाका संक्रमण देखिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका एक र सर्लाहीका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका दुई, कपिलवस्तुका २०, रूपन्देहीका पाँच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ४८ र सर्लाहीका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए। उनका अनुसार, नेपालमा अहिले सम्म मृत्यु हुने संख्या १८ पुगेको छ भने ९१३ जना कोरोनामुक्त भएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *