नेविसंघले भन्यो—नगरपालिकाले मिचाहा प्रवृत्ति रोकोस्

बागलुङ
नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस ईकाई समितिले क्याम्पसको जग्गा मिचेर बागलुङ नगरपालिकाले एकलौटी रुपमा सुरु गरेको नाली निर्माण कार्य रोक्न माग गरेको छ ।

नेपाल विद्यार्थी संघका क्याम्पस इकाई अध्यक्ष दिनेश पन्तले विज्ञप्ती जारी गर्दै सबैको साझा सम्पत्तीको रुपमा रहेको धौलागिरि क्याम्पसलाई संरक्षण गर्नुपर्ने सबैको साझा दायित्व भएकोमा नगरपालिकाले क्याम्पसको जमिन मिचेर एकतर्फी नाली निर्माण अगाडी बढाएकोमा आपत्ती जनाएका छन् ।

‘लक डाउनका कारण अहिले मुलकभरका शैषिक संस्थासंगै धौलागिरि क्याम्पसमा पनि पठन पाठन बन्द छ,’ विज्ञप्तीमा लेखिएको छ,‘विषम परिस्थीतिमा अहिले क्याम्पसका कोरोना संक्रमित राख्नका लागि आईसोलेसनको रुपमा रुपान्तरण भएको अवस्थामा नगरपालिकाले सरोकार निकायसंग छलफल नै नगरी आफुखुसी ढंगबाट क्याम्पसको जग्गा मिचेर उपल्लो हातामा नाली निर्माण गर्न लागेकोमा हाम्रो गम्भीर आपत्ती छ ।’

नेपाल विद्यार्थी संघ नेतृत्वको स्वतन्त्र विद्यार्थी युनियनले २०६२—०६५ मा खुला रहेको क्याम्पसलाई प्राज्ञिक र मर्यादित थलोको रुपमा विकास गर्नका लागि पर्खाल लगाएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा बागलुङ नगरपालिकाको मिचाहा प्रवृत्ति विरुद्ध जोडदार रुपमा प्रस्तुत हुन क्याम्पस प्रशासन, त्रिवि र सरोकारवाला पक्षसंग आह्वान समेत गरिएको छ ।

आफुहरुको आग्रहलाई वेवास्ता गर्दै अगाडी बढे क्याम्पसको जग्गा संरक्षणका लागि सशक्त कदम चाल्ने र त्यसबाट उत्पन्न परिस्थीतिको जिम्मेवार बागलुङ नगरपालिका हुने उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *