आदर्श सञ्चार सहकारीद्वारा श्रदान्जली तथा मृत्यु राहत रकम प्रदान


–आदर्श अनलाईन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम अन्तरगत मंगलबार बागलुङ नगरपालिका–९ तित्याङमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो ।

संस्थाका शेयर सदस्य कमला खड्काका ससुरा नर बहादुर बहादुर खड्काको निधन भएको नवौंै दिन पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले शेयर सदस्य कमला खड्कालाई परिवारको सदस्य निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तत्व हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले शेयर सदस्यको निधनमा १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ । साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको संस्थाले सूचना र सञ्चारसंगै वित्तीय कारोबार लगायत सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थामा हाल २ हजार जना शेयर सदस्य, ४ करोड शेयर रकम, २३ करोड वचत, २४ करोड कर्जा लगानी रहेको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *