गुल्मीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मी
गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । यससँगै गुल्मीमा संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रजिअ शर्माका अनुसार इस्मा गाउँपालिकाका ९, मालिका गाउँपालिकाका २, गुल्मी दरवार गाउँपालिकाका ४ र रेसुङ्गा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

इस्मा गाउँपालिकामा १ देखि ४० वर्षका ९ जनामा संक्रमण देखा परेको उपाध्यक्ष विमला खत्रीले बताइन् । त्यस्तै मालिका गाउँपालिका–५ का १९ र २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

यस्तै गुल्मी दरवार गाउँपालिका वडा–२ का ३० र ३६ वर्षका तथा वडा–३ का ३८ र २१ वर्षका पुरुषमा संक्रमण देखा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए । त्यस्तै रेसुङ्गा नगरपालिका–१० का २० वर्षीय एक व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक बोम अर्यालले बताए । भारतबाट आएर क्वरेन्टिनमा बसेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको प्रजिअ शर्माले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *