गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीको नवलपुरमा १८ जना र पर्वतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरकाको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिका १ जना र पालिका नखुलेका १ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरु १६ देखी ३७ बर्ष समुहका पुरुष रहेको उनले जानकारी दिए ।

यसैगरि पर्वतको फलेबास नगरपालिकाका २ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । नवलपुर पर्वतमा संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय ४७ जना पुगेका छन् । गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको अहिले सम्म मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *