गरिब परिवारलाई अमेरिका र हङ्कङबाट सहयोग

बागलुङ
जिल्ला स्थित काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ दोबिल्ला स्थित एक परिवारलाई रोजगारीको सिलसिलामा विदेशीएका नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

आर्थिक अवस्था कमजोर भएका ताराप्रसाद शर्माको परिवारलाई अमेरीका र हङ्कङमा रहेको नेपाली दाजुभाई तथा दिदीवहीनीहरुले सहयोग गरेका हुन ।

अमेरीका स्थित सुनील लामिछाने, सुनील जि.सी., डा. धनवहादुर खड्का, सुस्मा लामीछाने खड्का, मनवहादुर खड्का, सुरेन्द्र कँडेल र बावुराम कँडेल एवं हङकङ स्थित सुवास लामिछानेद्धारा शर्मा परिवारलाई १ लाख ३८ हजार २ सय रुपैया आर्थिक सहयोग गरेका हुन ।

सहयोग रकम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापती जब्बरवहादुर लामीछानेले परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा विदेशमा बसेर पनी नेपालमा रहेका दुखी तथा गरिव परिवारको मानवीय सेवामा लाग्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।

शर्माको एक छोरा रहेकोमा रोजगारीको शिलशिलामा भारत गएको समयमा अकालमै मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *