रेशकी मृर्गौला पीडित थापालाई हङकङबाट १ लाख ५२ हजार सहयोग

रोहन जि.सी , बागलुङ ।
जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश पिडाल्ला कि मिर्गौला पीडित रिता थापालाई रोजगारीको सिलसिलामा विदेशिएका बागलुङका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

बागलुङ समाज हङकङका अध्यक्ष मनबहादुर थापा र सदस्य सुवास लामिछाने (जि.सी) को संयोजन, निलगिरी अस्पताल बागलुङका अध्यक्ष डिलबहादुर कार्कीको पहलमा संकलन गरिएको १ लाख ५२ हजार रुपैया बिहिबार एक कार्यक्रमका बिच पीडित रिता थापालाई हस्तान्तरण गरिएको हो ।

मनबहादुर जिसी, निलगिरी अस्पतालका अध्यक्षकार्की लगायतले उक्त सहयोग रकम पीडित थापालाई हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथि डिलबहादुर कार्कीले विदेशीएका युवाहरुले आफ्नो गाउँ ठाउँमा समस्या पर्दा रकम संकलन गरी पठाएकोमा खुशी व्यक्त गर्दै उक्त सहयोगले पीडितको घाउँमा मलम लगाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका कार्यालय सदस्य लालबहादुर थापाले रोगले बालबच्चा, बृद्धबृद्धा, धनी गरिब केहि नर्हेने भएकोले रोग संग लड्ने आफ्नो आत्मबल बलियो बनाउन पर्ने भन्दै आगामी दिनमा पनि सबै माझ सहयोगको अपिल गर्नुभयो ।

कार्यक्रममा मिगौला पीडित रिता थापाले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै उपचारमा सहयोग गर्नेहरु लाई धन्यवाद दिनुभयो । उहाँले शारीरिक रोगले भन्दा पारिवारिक अवस्थाको रोगले थाकि सकेको बताउनुभयो । रोगको पीडा एकातिर छ, आर्थिक समस्याले थप पीडित बनाएको थापाको भनाइ छ ।

थापाको बिगत १ वर्ष देखी मिर्गौला रोगको उपचार हुँदै आएको छ । हाल सम्म उपचारमा ८ लाख भन्दा बढी खर्च भइसकेको छ । विभिन्न क्षेत्रबाट उपचारको लागि २ लाख ७९ हजार रकम संकलन भएको र थप उपचारका लागि समस्या भएको पीडित थापाले बताउनुभयो । घरको आर्थिक अवस्था कमजोर भएकाले थप सहयोगको अपेक्षा गरिएको थापाको भनाइ थियो । मृगौला पीडित थापाका श्रीमान, २ छोरी र १ छोरा छन् ।

कार्यक्रम काठेखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र शिक्षक लोक बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *