बागलुङका १४ जनामा कोरोना संक्रमण

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा गरि शुक्रबार १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

काठेखोला गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । गलकोट नगरपालिकमा ३५,३८,३०,२२, १९ र ४५ वर्षका पुरुष संगै ४२ र २० वर्षीया महिलामा संक्रमण देखिएको छ ।

काठेखोला गाउँपालिकामा २४,२९,२२,२०,२३ र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । शुक्रबार विहान गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यालयका निर्देशक विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा जानकारी गराउनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *