बागलुङ काठेखोलामा आज ५ मात्रै संक्रमित,अरु ३ जना ढोरपाटनका

आदर्श अनलाइन,बागलुङ

बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा आज ८ जना संक्रमित भएको विज्ञप्ती गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरे पनि काठेखोलामा ५ जना मात्रै संक्रमित पुष्टि भएको खुलेको छ ।

धौलागिरी अस्पतालमा प्राप्त भएको ल्याब रिपोर्ट नामावलीमा काठेखोला गाउँपालिकाका ५ जनाको मात्रै संक्रमण पुष्टि भएको हो । अन्य ३ जना जिल्लाकै ढोरपाटन नगरपालिकाको भएको अस्पतालले जनाएको छ । निदेशनालयले शनिवार बिहानै जिल्लाको काठेखोला गाउँपालिकाका ७ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रेस विज्ञप्ती प्रकाशित गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *