गलकोट, बडिगाड र जैमिनीमा थपिए ५ जना कोरोना संक्रमित

आदर्श अनलाईन, बागलुङ
बागलुङका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले दिउसो १ः१५ बजे प्रेस विज्ञप्ती जारी गर्दै बागलुङको गलकोट नगरपालिकाका १९, ३५ र २७ वर्षीय ३ जना पुरुष, बडिगाड गाउँपालिकाका १ जना १७ वर्षीय पुरुष र जैमिनी नगरपालिकाका १ जना ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी गराउनुभएको छ ।


यो संगै बागलुङमा कोरोना संक्रमितको संख्या १ सय १७ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *