बागलुङको जैमिनीमा लायन्स क्लवको स्थापना, अध्यक्षमा पौडेल

बागलुङ
जिल्लामा दक्षिण जैमिनी नगरपालिकामा नयाँ लायन्स क्लबको स्थापना गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल उक्त संस्थाको नाम लायन्स क्लब अफ बागलुङ जैमिनी राखिएको छ । लायन्स क्लव अफ बागलुङ कालिकाको स्पोन्सरमा जैमिनीमा नयाँ क्लबको सुरुवात गरिएको हो ।

क्लबको संस्थापक अध्यक्षमा सामाजिक एवं शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्तित्व रवि पौडेल सर्वसम्मत रुपमा चयन भएका छन । अध्यक्ष पौडेलको नेतृत्वमा वर्ष २०२०/०२१ का लागि १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष एवं वर्ष २०२०/०२१ का जोन चियर पर्सन गोविन्द बहादुर पौडेल (गोपाल)ले जानकारी दिए ।

समितिको प्रथम उपाध्यक्षमा विष्णु आचार्य, द्धितीय उपाध्यक्षमा पुष्पा आचार्य, तृतिय उपाध्यक्ष टंकप्रसाद सापकोटा, सचिवमा डिल्ली प्रसाद पौडेल, सह–सचिवमा रोहित थापा, कोषाध्यक्ष नारायण आचार्य, र सह–कोषाध्यक्षमा शिलशिला केसी रहेका छन । त्यसैगरी सदस्यहरुमा भक्त बहादुर बहिक, सरिता थापा, हरि प्रसाद शर्मा, ओमकार थापा, भुषण आचार्य, कृष्ण प्रसाद ढकाल, दल बहादुर श्रीष र खुमराज शर्मा रहेका छन । क्लबमा ३१ जना सदस्य आवद्ध रहेका छन ।

जैमिनी क्षेत्रमा पहिलो पटक स्थापना भएको यस क्लबले आउँदा दिनमा स्थानिय तह सँग समन्वय गरी विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहने अध्यक्ष रवि पौडेलले बताए । अन्तराष्ट्रिय स्तरको सामाजिक संस्थाको रुपमा रहेको लायन्स क्लबको उद्देश्य र यसको नितिको बारेमा लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलले जानकारी गराएका थिए । यो सँगै बागलुङमा ९ लायन्स र दुई वटा लियो क्लब रहेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *