दुर्लुङका पहिरो पीडितलाई नेपाल परिवार दलको आर्थिक सहयोग

दिपेन्द्र पौडेल, पोखरा ।
पर्वतको दुर्लुङमा गएको पहिरोमा परि ज्यान गुमानेको परिवारलाई नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।

पहिरोमा पुरिएर जनधनको क्षती व्यहोरेका दुर्लुङको काउलेका २ परिवारलाई नेपाल परिवार दलका केन्द्रिय सदस्य तथा धौलागिरी संयोजक बाबुराम पौडेल सहितको टोलिले १० ÷१० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै पौडेलले दुखको घडिमा पार्टीको तर्फबाट थोरै सहयोग गरेर भएपनि पीडितको साथमा रहेको सहानुभुती प्रदान गरिएको बताउनुभएको थियो । पहिरोमा परिवार गुमाएका सावित्री थापा र सावित्री विकलाई राहात रकम हस्तान्तरण गरिएको थियो ।

पौडेलले निरन्तरको वर्षतको कारणले दुर्लुङका अन्य स्थान समेत पहिरोको उच्च जोखिममा रहेकाले स्थानियको सुरक्षामा स्थानिय सरकारलाई गम्भिर बन्न नेपाल परिवार दलको तर्फबाट अनुरोध गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *