जैमिनी नगरपालिकाको नीति कार्यक्रम, कृषिलाई प्राथमिकता

आदर्श अनलाइन, जैमिनी

जैमिनी नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कृषिलाइ प्राथमिकतामा राखेको छ ।

कृषिबाटै समृद्धि हासिल गर्न कृषिबाट समृद्धि तथा कृषिबाट गरिबी निवारण जस्ता कार्यक्रम देखि नगर प्रमुख पशु परियोजना र नगर प्रमुख कृषि परियोजना लाइ समेत प्राथमितामा राखिएको हो ।

आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने नगर प्रमुख पशु परियोजनाको लागि ५४ लाख रुपैयाँ र नगर प्रमुख कृषि परियोजनाको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

असार १० गते सातौँ नगरसभामा नगर प्रमुख ईन्द्रराज पौडेलले पेश गर्नुभएको नीति तथा कार्यक्रममा एक गाँउ एक उत्पादनका लागि पकेट तथा ब्लक कार्यक्रमलाई प्रदेश सरकारको सहयोगमा संचालन गरिन उल्लेख गरिएको छ ।

आर्थिक विकास अन्तरगत कृषि तथा पशुसेवालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा कृषि र पशु सेवाका लागि एक वडा एक प्राविधिक कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख छ ।

बढ्दो बजार समस्यालाई मध्येनजर गरेर कृषकले उत्पादन गरेका कफि, कागती, सुन्तला, अलैंची, लसुन, प्याज, अदुवा, वेसार र टिमुरलाई नगरपालिकाले खरिद तथा बजार व्यवस्थापन गर्ने नगरपालिकाले नीति लिएको छ । यसको लागि कृषि तर्फ (कागती, सुन्तला, कफी, अलैची, मह) शिर्षकमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले जानकारी दिनुभयो ।

आर्थिक विकासको प्रमुख आधार नै कृषि तथा पशु पालन भएकाले जैमिनि नगरपालिकाको आर्थिक विकासको मुख्य मेरुदण्डको रुपमा पनि कृषि तथा पशु पालनलाई लिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बताउनुभयो । जसमा पशुपालन तर्फ (नियमित) ११ लाख र कृषि तर्फ (नियमित) २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

गाउँमा दनि प्रतिदिन बसाईँसराई बढ्दै जाँदा खेतियोग्य जमिन बाँझिने समस्यालाई मध्येनजर गर्दै एक वर्ष बाँझो रहेको कसैको जग्गा कमाउन अर्कोले निवेदन दिएमा व्यक्तिको जग्गाको स्वामित्व यथावत रहने गरी नगरपालिका आफैले बाँझो जग्गा निश्चित समयका लागि कमाउन दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषकहरु पेशाप्रति विचलित हुने अवस्थामा कृषि क्षेत्रको विकासका लागि कृषक वर्गिकरण तथा परिचयपत्र व्यवस्थापन, नविनतम प्रविधि प्रयोग तथा सिप हस्तान्तरणको लागि तालिम तथा भ्रमण, उन्नत विऊ, मल, पशुपंक्षिको औषधि, खोप, पशु आहारा व्यवस्थापन, कृषि औजार तथा उत्पादन सामाग्री वितरण, वालि उपचार केन्द्र स्थापना, मौरी व्यवसाय तथा माछा व्यवसायको पुर्वाधार निर्माण जस्ता कार्यक्रमहरुको समुचित व्यवस्था गरिने नगरपालिकाले नीति लिएको छ ।

कृषि, पशु र पर्यटन विकास क्षेत्रमा प्राबिधिक विषयमा स्नातक गरेका युवाहरुले कम्तिमा ५ जनालाई रोजगारी दिने गरी कुनै व्यवसाय सञ्चालन गरेमा कार्यविधि वनाई नगद अनुदान दिने निति लिएको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि कृषकलाई शुलभ दरमा ऋण उपलब्ध गराउन नगरपालिका जमानी वसी बैंकबाट कृषि ऋणको ब्यवस्था मिलाउन पहल गर्ने प्रमुख पौडेलको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *