होटल व्यवसायी र बागलुङ नगरले भन्यो-‘संक्रमित र सिलको भ्रम नछर्नु’

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका र होटल व्यवसायी सघंले कोरोना संक्रमण र होटल क्वारेन्टिनको बिषयमा समाज र सामाजिक सञ्जालमा भएका भ्रमात्मक टिका टिप्पणी प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

नगरपालिकाका निमित्त प्रमुख डण्डपाणी शर्मा र जनस्वाथ्य अधिकृत रामप्रसाद खनाल तथा होटल व्यवसायी सघंका अध्यक्ष निलेश राजभण्डारीले आइतवार विज्ञप्ती प्रकाशित गरी कोरोना भाइरस (कोभिड १९) कारण उत्पन्न संकट र सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणमा सबैलाई सचेत रहदै सहयोग गर्न आग्रह गरेका छन् ।

बिज्ञप्तिमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा होटल सञ्चालक कसैलाई पनि आजको दिन सम्म संक्रमण नभएको र नगरपालिका सिल गरिने हल्ला र भ्रमको पछि नलाग्न सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

‘मानव जीवनकै कठिन संकटको घडीमा हर व्यक्ति र समाजको हातेमालो, सद्भाव र सहयोग जरुरी भएको भन्दै अनिवार्य रुपमा माक्स, सेनिटाइजर प्रयोग, सामाजिक दुरी कायम, सावुन पानीले हात धोएर उच्च सर्तकता अपनाउन आग्रह गर्दछौ,’ विज्ञप्तीमा उल्लेख छ । साथै स्वास्थ्य सुरक्षाका सबै विकल्प आत्मसाथ गरेर होटल क्वारेन्टिमा बसाई, खानपान लगायतका कार्य भएकाले अनावश्यक रुपमा भ्रम फैलाएर संकटमा साथ दिने होटल व्यवसायीलाई हतोत्साही नगर्न पनि अनुरोध गरिएको छ ।

यस्तो छ बागलुङ नगरपालिकाको बिज्ञप्ती

यस्तो छ होटल व्यवसायी सघंको बिज्ञप्ती

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *