रोट्रयाक्ट रोपाईमा सहभागी

बागलुङ
सामाजिक कार्यमा क्रियाशिल रोट्रयाक्ट क्लव अफ बागलुङले बानपा ३ खहरेको सिमालचौरमा रोपाई गरि असार १५ मनाएको छ ।

क्लवको समाजिक कार्य अन्तरगत कृषकसंग रोट्रयाक्ट क्लव भन्ने नाराका साथ १७ औ राष्ट्रिय धान दिवस तथा असार १५ खहरेमा पुगी धान रोपेर, हिलो खेलेर र दहि चिउरा खाएर मनाएको हो ।

क्लवका पदाधिकारी सदस्यहरु स्थानिय कृषकको रोपाईमा कृषकहरुसंगै सहभागी भएर क्लवको बर्ष २०१९/२० को अन्तिम र २०२०/०२१ को पहिलो कार्यक्रम अन्तरगत कृषकको खेतमै पुगि राष्ट्रिय धान दिवस मनाएको क्लवका आगामि अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा स्थानिय कृषकहरुलाई पनि दहि चिउरा खानका लागि भन्दै दहि चिउरा, केरा र आँप समेत कोशेलीको रुपमा आगामी अध्यक्ष शर्माले हस्तान्तरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *