स्वास्थ्य प्राविधिक संघ बागलुङले बाँड्यो आइसोलेसनमा फलफुल

आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित भई आइसोलेसनमा रहेकाहरुलाई फलफुल बितरण गरिएको छ ।

नेपाल स्वास्थ्य प्राविधिक सघंको ४२ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले बानपा १ बांगेचौर स्थित धौलागिरी वहिरा आवासिय विद्यालयको आइसोलेसनमा रहेका ३० जनालाई मंगलबार फलफुल बितरण गरेको हो ।

संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले आइसोलेसनका ड्युटी इन्चार्ज अनमी अमिशा कुवरलाई संक्रमितहरु पु¥याउने गरी फलफुल एकमुष्ठ हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष खनाल, केन्द्रीय सदस्य डिल्लीप्रसाद आर्चाय, नेपाल निजामति कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद खनालले स्थापना दिवस मनाइरहँदा देशमा स्वास्थ्य प्राविधिकको आवश्यकता र दायित्व अझ बढेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका थिए ।

अहिले कोरोना संकटका कारण ठुलो अरु कार्यक्रम गर्ने अवस्था नभएकाले आइसोलेसनमा रहेका सबै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरिएको नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव बिष्णुनाथ पौडेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *