ठोट्नेरी पहिरोमा ज्यान गुमाएका परिवारलाई काठमाण्डौबाट सहयोग

आदर्श अनलाइन, बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

काठमाण्डौमा रहेक आफन्त, शुभेच्छुकहरुबाट संकलित ५२ हजार ५ सय रुपैयाँ पुनका परिवारलाई सोमवार हस्तान्तरण गरिएको छ ।

गत असार ६ गते घर माथिबाट बर्षासँगै पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो । उनका श्रीमान टोपबहादुर पुन सहित अन्य सदस्यले भने भागेर ज्यान बचाए थिए ।

परिवारिक अवस्था कमजोर भएका पुन परिवारमा परेको ठुलो चोटमा थोरै भए पनि राहत प्रदान गर्न स्वतःस्फुर्त सहयोग संकलन गरिएको ललितपुर धोबिघाट निवासी प्रेमबहादुर पुनले आदर्श अनलाइनलाई बताए ।
काठमाण्डौबाट क-कसले कति सहयोग गरे ? हेर्नुहोस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *