भाडा मिनाह गरिदिएको भन्दै नमुना अफ्सेट प्रेसद्वारा धन्यवाद

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ नगरपालिका–३ का चन्द्रसिंह राजभण्डारीले घर जग्गाको भाडा मिनाह गरिदिएको भन्दै नमुना अफ्सेट प्रेस बागलुङले धन्यवाद ज्ञापन गरेको छ ।

प्रेसका अध्यक्ष दिनेश अधिकारीले कोरोना महामारीको समयमा चैत ११ गतेदेखि जेठ २५ गते सम्म अफ्सेट प्रेस पूर्ण रुपमा बन्द रहेको समयमा भाडा मिनाह गरेर व्यवसाय प्रर्वद्दनमा सहयोग गरेको भन्दै घर जग्गा धनी राजभण्डारीलाई धन्यवाद दिनुभएको छ ।

राजभण्डारीले बागलुङ नगरपालिका–३ नेपाल बैंक रोडमा रहेको आफ्नो घरमा पछिल्लो ३ वर्षदेखि सञ्चालनमा रहेको नमुना अफ्सेट प्रेसको चैत महिनाको १५ हजार रुपैया भाडा मिनाह गरिदिनुभएको छ ।

यो पनि पढ्नुहोस्