तंग्रामका पहिरो पीडितलाई गाउँपालिकाको राहत

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी बिमला पुनको परिवारलाई गाउँपालिकाले राहत रकम प्रदान गरेको छ ।

गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट खाद्यान्न सहति नगद रु ५० हजार प्रदान गरेको कार्यपालिका सदस्य टिका संगम विकले जानकारी दिनुभयो र

गत असार ६ गते घर माथिबाट बर्षासँगै पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो । उनका श्रीमान टोपबहादुर पुन सहित अन्य सदस्यले भने भागेर ज्यान बचाए थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *