एकता सहकारीद्वारा श्रद्धाञ्जली तथा मृत्यु राहत रकम प्रदान

रोहन जि.सी, बागलुङ ।
एकता सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका पुर्व सञ्चालक तथा पुर्व प्रबन्धकको निधन प्रतिशोक व्यक्त गर्दै बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका पुर्व सञ्चालक तथा पुर्व प्रबन्धक कृष्णप्रसाद शाक्यको निधन भएको ५ औँ दिन पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । ७२ वर्षीय शाक्यको असार १३ गते निधन भएको थियो ।

संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम प्रदान गर्ने कार्यक्रम अन्तरगत बुधबार बागलुङ नगरपालिका(२ आवारोडमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो । मृतक शाक्य संस्थाको स्थापनाकाल देखी २०६४ सालसम्म संस्थाको सञ्चालक र सञ्चालकहरुको तर्फबाट संस्थाको दैनिक कार्य सञ्चालनका लागि प्रबन्धक रहनुभएको थियो ।

संस्थाका अध्यक्ष धुब्र प्रसाद शर्माले मृतककी छोरी ममता शाक्यलाई परिवारको सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत २९ हजार रकम र श्रद्धाञ्जली वक्तव्य हस्तान्तरण गर्नु भएको थियो ।
संस्थाले शेयर सदस्यको निधनमा २५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा १० हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको संस्थाका सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । शाक्य प्रवन्धक समेत रहेकाले संस्थाका तर्फबाट २९ हजार रुपैया प्रदान गरिएको प्रधानले जानकारी दिनुभयो ।

८ सय ३७ जना शेयर सदस्य, ७ करोड ३५ लाख शेयर पूँजि, २४ करोड बचत, २५ करोड कर्जा लगानी रहेको संस्थाले १० जनालाई रोजगारी दिइएकोे संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *