यस बर्षको घुम्टे पत्रकारिता पुरस्कार थापालाई प्रदान

आदर्श अनलाइन,बागलुङ

गलकोट नगरपालिकाद्धारा स्थापित घुम्टे पत्रकारिता पुरस्कार गलकोटमा क्रियाशिल पत्रकार थम्मन थापा सन्देशलाई प्रदान गरिएको छ ।

२०७४ सालमा गलकोट नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार २०७७ बाट थापा नगद २० हजार रुपैयाँ र सम्मानपत्र सहित पुरस्कृत हुनुभएको हो । उक्त पुरस्कार गलकोट नगरपालिकाको सातौं नगर सभामा मेयर भरत शर्मा गैरेले प्रदान गर्नुभयो । वि.स.२०६५ साल देखि बागलुङको गलकोटबाट पत्रकारितामा कलम चलाउँदै आइरहेका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको उनले बताए । पत्रकार थापाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका छन् । थापाले विभिन्न सञ्चार माध्यममा बागलुङ बाट रिपोर्टिङ गर्दै आइरहेका छन् । गलकोट नगरपालिकाले गर्ने हरेक क्रियाकलापहरू सञ्चार माध्यम मार्फत आम जनसमुदायला खबर प्रदान गरी अतुलनिय भूमिका निर्वाह गर्ने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्यले गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए ।

सोही अवसरमा नगरपालिकाले गलकोट एफएमका कार्यक्रम संयोजक सरिता खत्रीलाई पनि उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । गलकोट नगरपालिका वडा नं २ नरेठाटीको सभा हलमा आयोजित सातौं नगर सभा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट पास गर्दै सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *