नेपालमा एकै दिन ७४० जना संक्रमित थपिए

आदर्श अनलाइन

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा यो सँगै एकै दिन ७ सय ४० जनामा कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *