सहकारी दिवसमा आदर्शद्धारा पहिरो पीडितलाई खाद्यान्न सहयोग

रोहन जि.सी.,बागलुङ

९८ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई संस्थाले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको छ ।

अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत पहिरो पीडित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिनुभयो । दिवसका अवसरमा गरिने औपचारिक कार्यक्रमको सट्टामा पहिरो पीडितलाई सानै भए पनि सहयोग गर्दा राहत हुने भएकाले सहयोग गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।
बागलुङ जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले पहिरो पीडित परिवारलाई तीन बोरा चामल, एक कार्टुन तेल, १० केजी दाल, १० केजी नून वितरण गरेको आदर्श सञ्चार सहकारीका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

संस्थाका शेयर सदस्य राजु गौतमले पीडित परिवारलाई खाद्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
गत असार ६ गते बर्षासँगै घर माथिबाट पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो । उनका श्रीमान टोपबहादुर पुन सहित अन्य सदस्यले भने भागेर ज्यान बचाए थिए । परिवारीक अवस्था कमजोर भएका पुन परिवारमा परेको ठुलो चोटमा स्वदेश तथा विदेशबाट स्वतःस्फुर्त सहयोग जुटिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *