सहकारी दिवसमा एकता र कार्यक्षेत्र सहकारीबीच एकीकरण घोषणा

रोहन जि.सी, बागलुङ

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङका दुई सहकारी संस्थाहरुले एकीकरण प्रक्रिया घोषणा गरेका छन् ।

एकता सहकारी सस्था लिमिटेड बागलुङ र कार्य क्षेत्रमा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिवार संयुक्त कार्यक्रमको आयोजना गरी एकीकरण प्रक्रिया शुरु भएको घोषणा गरेका हुन् ।

सहकारी ऐनमा रहेका प्रावधान, सहकारीहरुबीच एकीकरणको आवश्कयता, दुई संस्थाको कारोबार, कार्य क्षेत्र र सदस्यहरुको दोहोरोपनालाई आत्मसात गरेर एकीकण प्रक्रिया अगाडि बढाइएको एकता सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि एकीकृत हुनु पर्ने आवश्यकता महसुस भयो, कार्यक्षेत्रमा महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमिला राजभण्डारीले भन्नुभयो–सदस्यहरुलाई थप व्यवस्थित र प्रभावकारी सेवा दिनका लागि एकीकरण प्रक्रिया अगाडि बढाएका हौ । एकीकृत संस्थाको कार्यालय एकता सहकारी संस्था रहने र आगामी साधारणसभाबाट एकीकरणका सम्पूर्ण प्रक्रिया पुरा गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।

एकीकृत संस्थामा ९ सय ९७ जना शेयर सदस्य, ८ करोड ३ लाख ७२ हजार ८ सय शेयर रकम, २३ करोड ८३ लाख ९९ हजार ७ सय ८९ बचत रकम, २२ करोड ७० लाख ९० हजार ५ सय ६६ कर्जा लगानी, १ करोड ३ लाख ८८ हजार ९ सय ८४ रुपैया जगेडा कोष सहित ३८ करोड ७१ लाख ३८ हजार ५ सय ६३ रुपैया कुल कारोबार रहेको एकता सहकारी संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो । एकीकृत संस्थामार्फत १४ जनाले रोजगारी पाएको राजभण्डारीले बताउनुभयो ।
एकीकरण प्रक्रिया घोषणा कार्यक्रममा एकता सहकारी संस्थाका संरक्षक देवबहादुर क्षेष्ठले राज्यको नीति र व्यवहारिकतालाई ध्यान दिएर सहकारीहरु एकीकरण हुनुको विकल्प नभएको बताउनु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीहरुको मुख्य काम सदस्यहरुलाई प्रभावकारी सेवा दिने भएकाले संस्थाको संस्थागत विकासका लागि एकीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले सदस्यलाई नाफा बाँड्ने होडबाजी गर्दा सेवामा प्रभावकारिता नआउने भएकाले संस्थाले नाफा दिने भन्दा पनि सदस्यहरुको सेवामा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सहकारीको मर्म र भावना अनुसार सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि प्रविधियुक्त भएर अगाडि बढ्न एकीकरणले सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।

एकीकरण घोषणा कार्यक्रम एकता सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्मा र कार्यक्षेत्रमा महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमिला राजभण्डारीको संयुक्त अध्यक्षता, एकता सहकारी संस्थाका सचिव महेशचन्द्र प्रधानको स्वागत र कार्यक्षेत्रमा महिला साकोसका सचिव शान्ति ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *