एसइई पछि यस वर्षको कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने

आदर्श अनलाइन, काठमाण्डौ

कोरोना संकटका कारण एसइई परीक्षा नलिएको सरकारले यस वर्षको कक्षा ११ को पनि बोर्ड परीक्षा नलिने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने परीक्षा बोर्डले जनाएको छ ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा पनि राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीलाई अंक प्रदान गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *