सडक भासिएर घरभित्र पानी, सरोकारवालाले वेवास्ता गरेको स्थानियको गुनासो

साधना पन्त, बागलुङ ।
सडक नाली व्यवस्थापन नहुँदा बागलुङ नगरपालिका-३ खहरेका स्थानिय रातभर जागा बस्न बाध्य भएका छन् ।

निरन्तर परिरहेको वर्षाको कारण स्थानिय केदार केसीको घरभित्रबाट मुल फुट्न थालेको छ । सडक भासिएर घरभित्र मुल फुटी पानी निस्कन थालेको उहाँले बताउनुभयो । छिमेकी र केसीले घरभित्रबाटै कुल खनेर पानी बाहिर निकालेका छन् ।

एक हलको खेत रोप्न पुग्ने पानी घरभित्रबाट निस्किरहको छ, उहाँले भन्नुभयो करिब २ हप्ता भयो दिनभर मेलापात गरेपनि रातीको समयमा भवितव्य हुन्छकी भन्ने डरले निदाउन सकेका छैनौ ।

व्यवस्थीत नाली नहुँदा सडक भासिएर घरभित्रबाट पानी निस्कन थालेको भन्दै वडा कार्यालय र नगरपालिकामा १० दिन पहिले जानकारी गराएको उहाँले बताउनुभयो । वडा कार्यालयबाट १ जना कर्मचारी हेर्न आउनुभएको थियो केसीले भन्नुभयो फोटो खिचेर फर्कनुभयो तेसपछि कोही आउनुभएको छैन ।

‘घरभित्र खनेर पाईप लगाई पानी बाहिर निकालेका छौं, स्थानिय हिमाल कार्कीले भन्नुभयो ठुलो दुर्घटना भएमात्र जनप्रतिनिधीको आँखा खुल्ने रहेछ कि कुन्नी, अहिले सम्म कसैले गुनासो सुन्नुभएको छैन ।’

कर्मचारी पठाएका थियौ, उहाँले खिचेर ल्याउनुभएको फोटो भिडियो हेरे, वडा अध्यक्ष लक्ष्मी बास्कोटाले भन्नुभयो प्राविधक सहितको टोली लिएर जाँदैछु । निरन्तर पानी परिरहेको छ, घरभित्रको मुललाई तत्काल रोक्न नसके पनि उहाँलाई कसरी सुरक्षीत गराउन सकिन्छ त्यही गएपछि सल्लाह गर्छौ । वर्षा सुरु भएपछि सडक छेउ रहेका यस आसपासका स्थानिय त्रसिद बनेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *