शाक्यको १५ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
बुद्ध विहार बागलुङका पूर्व अध्यक्ष एवमं संरक्षक सदस्य कृष्णप्रसाद शाक्यको १५ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

विहार समितिको आयोजनामा भएको श्रद्धाञ्जली सभामा प्रधान संरक्षक कृष्णलाल शाक्य, अधिवक्ता काजीगाउँले श्रेष्ठ, महिला बौद्ध संरक्षक सुनमाया थापा, शाक्य कल्याण समाजका अध्यक्ष जिवन कुमार शाक्य लगायतले शोक मन्तव्य राखेका थिए ।

बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यले स्वर्गीय शाक्यको जिवनीबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम विहार समितिका अध्यक्ष विकास शाक्यको अध्यक्षता र महसचिव युक्तजंग राजभण्डारीको संचालनमा भएको थियो । शाक्यको असार १३ गते ७० वर्षको उमेरमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *