पर्वत समाज कतारद्वारा दुर्घटनामा घाइते क्षत्रीलाई आर्थिक सहयोग

सन्तोष क्षत्री, बागलुङ ।
पर्वत समाज कतारले दुर्घटनामा घाइते भएका पर्वतका दुर्गा क्षत्रीलाई आर्थिक सहयोग गरेको छ ।

जेठ २० गते पर्वतको अम्बोटमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका समाजका पूर्व कोषाध्यक्ष तथा सल्लाहकार क्षत्रीलाई घरमै पुगेर ७७ हजार ६ सय रुपैया हस्तान्तरण गरेको समाजका पूर्व महासचिव सन्तोष गुरुङले जानकारी दिनुभयो ।

समाजका पूर्व अध्यक्ष दिपेन्द्र जंग लामिछाने, पूर्व उपाध्यक्ष धन सुनार खाती, समाजका पूर्व महासचिव सन्तोष गुरुङ सहित, पूर्व कार्यसमिति सदस्य गणेश परियार, आजिवन सदस्य गणेश केसी सहितको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो ।

पर्वत समाज कतारले कतारमा संकलन गरी पठाएको ६५ हजार ८ सय ७० र समाजमा आवद्ध भइ हाल नेपालमा रहेका व्यक्तिहरुबाट ११ हजार ७ सय ३० रुपैया संकलन गरिएको थियो । दुर्घटनामा घाइते भएका क्षेत्री केही समय पहिले कतारबाट र्फकिएर पर्वतको अम्बोटमा होटल व्यवसाय संचालन गर्दै आउनुभएको छ । समाजले समाजमा आवद्ध भएका सदस्य संगै जिल्लामा आइपर्ने प्राकृतिक प्रकोप तथा अन्य पीडित व्यक्तीहरुलाई आर्थिक सहयोग गर्दै आएको समाजका अध्यक्ष शविन्द्र श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *