सती प्रथाको बागलुङमा स्मरण

बागलुङ
मानव अधिकारका लागि महिला, एकल महिला समूहले सती प्रथा अन्त्य भएको एकसय बर्ष पुगेको अबसरमा अन्तरक्रिर्या कार्यक्रम सहित बागलुङमा आइतबार स्मरण गरिएको छ ।

सतीप्रथा कायम हुँदा श्रीमानको निधन हुँदा सँगै मर्नुपर्ने बाध्यता थियो । राणा प्रधानमन्त्री चन्द्र शमसेरले एक सय बर्ष अघि उक्त सतीप्रथा अन्त्यकोे घोषण गर्नुभएको थियो । उक्त दिनको स्मरण गर्दै बागलुङमा संकेतिक रुपमा कार्यक्रम गरिएको समूहकी जिल्ला अध्यक्ष खड्गकुमारी खड्काले बताउनुभयो ।

कार्यक्रममा समूहकी अगुवा तथा गण्डकी प्रदेशकी सदस्य नन्दकुमारी क्षेत्री, नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्मा लगायतले एकल महिलाले भोगेका समस्या अब कसैले भोग्ने दिन नआउन सबैको साथ र सहयोग चाहिने बताउदै सतीप्रथाले त्रेरै महिलाको ज्यान जोगाएको बताउनुभयो ।

संविधानले महिला र पुरुष समान हुन् भन्ने स्विकार गरिसकेकोले अब हरेक क्षेत्रमा पुरुष सरह अधिकार पाउनुपर्ने बक्तहरुको जोड रहेको थियो । अब सार्थक जीवनका लागि राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पनि एकल महिलालाई प्राथमिकता दिनुपर्ने अन्तरक्रिर्या कार्यक्रमका सहभागीहरुले बताएको थिए । सानै उमेरमा बिधवा भएका महिलाले जीवनभर एक्लै बस्दा सामाजिक हिंसा समेत खेपेको उनिहरुको भनाई छ । हिंसा अन्त्यका लागि पनि राज्यले रोजगारीका अबसर सिर्जना गर्नुपर्ने उनको जोड थियो ।

समूहकी अध्यक्ष खड्गकुमारी खड्काको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मी जैसीको संचालन र सचिव सीता थापाको स्वागतमा सम्पन्न कार्यक्रममा एकल महिलाले पाउनुपर्ने कानूनी र सामाजिक अधिकारको लागि राजनीतिक संघसंगठनका महिलाले पनि साथ दिनुपर्ने माग गरिएको थियो ।

२०६५ सालमा समूह गठन भएपछि सीपमूलक तालिम, न्यायका लागि बहस र छलफल तथा अन्य क्रियाकलाप संचालन पनि भएको छ । नेपाल सरकारले एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । केही समय अघि एकल महिलाको भत्ता काट्ने चर्चा चलेपछि संगसंगठनकै बिरोधबढेपछि सरकारले फेरी नियमित दिन थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *