पहिरो पीडितलाई विद्यार्थी नेता हरिहर शर्माद्धारा राहत प्रदान

आदर्श अनलाइन, बागलुङ
जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा मंगलबार विहान गएको पहिरोले घर पुरिएका परिवारलाई विद्यार्थी नेता हरिहर शर्माले राहत प्रदान गरेका छन ।

नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री एवं काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका शर्माले पहिरो पिडित टिकाराम शर्मा आचार्यको परिवार खाद्यान्न सहयोग गरेका छन ।

पहिरोले घरमा रहेको सबै खाद्यान्न पुरिएको हुँदा तत्काल केही राहत सामाग्री तथा खाद्यान्न सहयोग गरेको विद्यार्थी नेता शर्माले बताए ।

शर्माले विस्थापित परिवारको तत्काल व्यवस्थापनका निम्ती २५ केजी चामल २ केजी दाल, १ केजी नुनु, २ लिटर तेल, चार पिस साबुन, लगायतको दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन ।

खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य चन्द्र बहादु श्रीष जैमिनी नगरपालिकाका सचिव पुरन श्रीष वडा सभापति सभापति नरजंग रानाको उपस्थितिमा रहेको थियो ।
पहिरोले स्थानिय अन्य ६ घर परिवारको पनि विस्थापित भएको छ । उनिहरुको पनि स्थानान्तरण गरिएको शर्माले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *