नबिल बैंकले ल्यायो ३६ औं वार्षिकोत्सव अफर

साधना पन्त, बागलुङ

कोरोना महामारीलाई मध्यनजर गर्दै नबिल बैंकले आफ्ना ऋणी ग्राहकलाई केन्द्रित गरेर “३६ औं वार्षिकोत्सव योजना” ल्याएको छ ।

उक्त योजना अन्तर्गत बैंकले रिटेल कर्जा घर, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफ्ट र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने बिहीबार प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

बैंकले घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभर ड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत व्याजको योजना ल्याइएको हो ।

बैंकले ल्याएको विशेष छुट योजनाको प्रक्रिया सबै शाखाबाट अगाडी बढाउन सकिनेछ । सो योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकलाई केहि सहायता पुग्ने बैंकले विश्वास समेत गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *