इन्सेकद्वारा जैमिनी र काठेखोलालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रोहन जिसी, बागलुङ ।
कोरोना महामारी विरुद्ध लड्न सहज होस भन्ने उद्देश्यले बागलुङका दुई स्थानिय तहलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्तले जानकारी दिनुभयो ।

इन्सेकद्वारा मानवअधिकार संरक्षण सम्र्वद्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएका जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहज होस भन्ने उद्देश्यले प्रति पालिका ५ सय थान माक्स, १ लिटर स्यानिटाइजर र २ थान थर्मल गन हस्तान्तरण गरेको उहाँले बताउनुभएको छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परियोजना संचालन गरिएका स्थानिय तहका कार्यक्रम प्रभावित भएपनि विपतमा इन्सेक साथमा छ भन्ने भावनाको साथ थोरै भएपनि सहयोग गरिएको पन्तले बताउनुभएको छ ।

इन्सेक बागलुङका सहजकर्ता साधना पन्तले जिल्लाको जैमिनी नगरपालिकाका उपसचिव तथा स्वास्थ्य शाखा प्रमुख खेम प्रसाद आर्चायलाई बागलुङ बजारमै स्वास्थ्य सामग्री हस्तान्तरण गनुभएको थियो ।

काठेखोला गाउँपालिकामा इन्सेकले गठन गरेको मानवअधिकार निगरानी समुहका प्रमुख भेषकुमारी भण्डारीले गाउँपालिका अध्यक्ष अमर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा र जैमिनी नगरपालिकाका उपसचिव खेमप्रसाद आचार्यले विपतमा इन्सेकको सहकार्य महत्वपूर्ण रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *