राखेप सदस्य सचिवकाे रेसमा बागलुङका पूर्व जिविस सभापति थापा पनि

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा बागलुङका लिलबहादुर थापा मगरले आवेदन दिएका छन् ।

बरेङ गाउँपालिका वडा नम्बर २ का थापा मगरले खेलकुद विकास विधेयक २०७७ अनुसार राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेकोमा आवेदन दिएका हुन् ।

उनीसहित यस पदका लागि २७ जनाले सदस्य सचिब बन्न पाउँ भन्दै आवेदन दर्ता गराएका छन् ।

थापाले यस अगाडी नेपाल भलिबल संघको दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष र आइटिएफ तेक्वान्दोको संस्थापक सदस्यको रुपमा भूमिका निर्वाह गरेका थिए । उनी बागलुङको जिल्ला विकास समितिका पूर्व सभापति समेत हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *