उद्दार र राहतमा जुट्न राष्ट्रिय युवा संघको आग्रह

आदर्श अनलाइन, बागलुङ

केही दिन यता अविरल वर्षातका कारण बाढी पहिरोका घटना बढ्न थालेपछि राष्ट्रिय युवा संघले उद्दार र राहतमा जुट्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटिले आज एक प्रेस विज्ञप्ती निकाल्दै नगर क्षेत्रमा भएको बाढी, पहिरो तथा विपद्का घटनामा वृद्धि भएको भन्दै राहत र उद्दारमा खट्न आग्रह गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङका संयोजक दिपेन्द्र रेग्मी र सह–संयोजक अनुज श्रेष्ठद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा वर्षातका कारण बाढी, पहिरो तथा सडक अबरुद्ध भइरहेकोमा तत्कालै राहत तथा उद्दारमा मा खट्न नेता, कार्यक्रता तथा जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘विपद्को घडिमा खटिनुभएका आम नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै थप सक्रियताका लागि आग्रह समेत गर्दछौं, आवश्यक स्थानमा खट्नका लागि नगर कमिटि तयार रहेको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *