गण्डकीमा प्रहरीको आफ्नै अस्पताल

पोखरा
गण्डकी प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ ।

पोखरा महानगरपलिका ७ मुस्ताङचोकमा निर्माण गरिएको अस्पतालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घघाटन गर्नुभएको हो ।

३० लाख रुपैयाँमा निमार्ण गरीएको अस्पताल मा २० शैया रहेको छ ।

नेपाल प्रहरी कल्याण कोषको बजेटबाट निर्माण भएको सो भवन ११०६ वर्ग फिट क्षेत्रफलमा बनेको छ ।

अस्पतालमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ४१ जना डाक्टरको रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *