लायन्स पिस टाउनद्वारा भक्तजनलाई माक्स

आदर्श अनलाइन, बागलुङ ।
लायन्स क्लब अफ बागलुङ पिस टाउनले बागलुङ नगरपालिका-४ स्थित गौरीधाम शिव मन्दिरमा पुजा गर्न गएका भक्तजनलाई माक्स वितरण गरेको छ ।

साउनको पहिलो सोमबार शिव भगवानको पुजा आरधानका लागि पुगेका भक्तजनलाई कोरोना संक्रमणबाट जोगिन सचेत रहनुपर्ने सूचना प्रवाह गर्दै माक्स वितरण गरेको क्लबका अध्यक्ष रमा घिमिरेले बताउनुभयो ।

क्लबले मन्दिरमा पुजा गर्न पुगेका भक्तजनलाई मन्दिर प्रवेश गर्नु पूर्व र फर्कने बेलामा स्यानिटाइज समेत गरेको थियो ।

लायन्स डिष्ट्रीक ३२५ बि १ नेपालका सिनियर एओजी पि एम जि एफ दुर्गा कुँवरले साउन महिनाका रहेक सोमबार शिव मन्दिरहरुमा महिलाहरु पुजा आरधनाका लागि पुग्ने गरेपनि यो वर्ष विषेश सावधानी अपनाउनुपर्ने बताउनुभएको थियो । कुँवरले महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्नको लागि सामाजिक दुरी आवश्यक रहेकाले मठ मन्दिरमा जाँदा हुने भिडभाड देखि सचेत रहनुपर्ने बताउनुभएको थियो । सकेसम्म घरमै पुजा गर्नुपर्ने उहाँको धारणा थियो ।

क्लबले गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिलाई ५ सय थान माक्स, १२ पिस हात धुने सावन र डेढ लिटर स्यानिटाइजर हस्तान्तरण गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जि.सीलाई कुँवरले माक्स र सावन हस्तान्तरण गर्नुभएको थियो ।

क्लबले मन्दिरमा मात्र नभएर सो स्थान देखि लोकतान्त्रीक चोक सम्म सडकमा हिडेका सर्वसाधरणलाई पनि माक्स वितरण गरेको छ । २२ सय थान माक्स वितरण गरिएको क्लबका उपाध्यक्ष लक्ष्मी पन्तले जानकारी दिनुभयो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ पिस टाउनका अध्यक्ष रमा घिमिरेको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी पन्तको स्वागत र सह-सचिव सिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *