बुर्तिबाङका महिलाले सम्झिए स्वर्गीय सांसद छन्त्याललाई

आदर्श अनलाइन, बागलुङ
प्रतिनिधि सभा सदस्य स्वर्गीय ज्ञानकुमारी छन्त्यालको १९ औँ दिनको पुण्य तिथीका अवसरमा बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्थाले शोक सभा गरेको छ ।

शोक सभामा छन्त्यालले पश्चिम बागलुङमा गरेका योगदानका बारेमा चर्चा गरेका थिए । शोक सभामा बोल्ने वक्ताहरुले छन्त्यालले पिछडीएका वर्ग र अन्याय अत्याचारमा परेका महिलाहरुको उद्धारमा ठूलो योगदान पुराएको बताएका थिए ।

संस्थाको वरिस्ठ सल्लाहकार समेत रहेकी स्वर्गीय छन्त्यालले महिलाहरुको हक अधिकारका लागि पश्चिम बागलुङमा धेरै वर्ष संघर्ष गरेको उनीहरुको भनाई थियो ।

शोक सभामा संस्थाका सल्लाहकार दुर्गादेवी घर्ती मगर, सह–सचिव दिलमाया पौवी, पुष्पा पौडेल शेयर सदस्य पदम कुमारी विक लगायतले बोलेका थिए ।

कार्यक्रम संस्थाकी अध्यक्ष रत्नकुमारी शेरचनको अध्यक्षता र सचिव लिलमाया पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *